काठमाण्डौ । विश्व डिजिटलतर्फ द्रुत गतिमा अघि बढिरहेको छ। डिजिटल भुक्तानीपछि अब डिजिटल पासपोर्ट सेवा पनि सुरु हुने भएको छ।
यसको सुरुआत फिनल्यान्डमा गरिएको छ। फिनल्यान्डले आफ्ना नागरिकका लागि डिजिटल पासपोर्टको सुविधा सुरु गरेको छ। फिनल्यान्ड यस्तो गर्ने विश्वको पहिलो देश हो।
हवाई यात्रालाई सहज र सुरक्षित बनाउन डिजिटल पासपोर्ट सुरु गरिएको फिनल्यान्डले जनाएको छ। फिनल्यान्डसँगै युरोपियन युनियन (ईयू)ले पनि डिजिटल पासपोर्टलाई प्रवर्द्धन गरिरहेको छ।
ईयूले सन् २०३० सम्ममा २७ देशका ८० प्रतिशतभन्दा बढी ग्राहकलाई डिजिटल पासपोर्ट प्रयोग गर्न संलग्न गराउन चाहन्छ।
डिजिटल पासपोर्ट भनेको के हो ?
डिजिटल ट्राभल क्रेडेन्सियल (डीटीसी) फिजिकल पासपोर्टको डिजिटल भर्जन हो। ग्राहकले सजिलै आफ्नो स्मार्टफोनमा डाउनलोड गर्न सक्छन्। यसले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)का मापदण्डहरु पछ्याउँछ। जसले डीटीसीका लागि विश्वव्यापी रूपरेखामा काम गरिरहेको छ।
विश्वमा पहिलोपटक फिनल्यान्डमा डीटीसी परीक्षण भइरहेको छ। हाल यो फिनल्यान्ड र बेलायतबीच फिनएयर उडानहरुमा यात्रा गर्ने फिनल्यान्डका नागरिकले मात्र प्रयोग गर्न सक्छन्।
डिजिटल पासपोर्टको फाइदा
जसरी आज डिजिटल भुक्तानी हरेक व्यक्तिमाझ लोकप्रिय भएको छ। त्यस्तै डिजिटल पासपोर्टका पनि धेरै फाइदा छन्। एयरपोर्टमा बोर्डिङका लागि घन्टा अगावै छोड्नुपर्ने छैन। लामो लाइनमा उभिनुपर्दैन। डिजिटल पासपोर्टले यात्रुको समय बचत गर्न मद्दत गर्नेछ। फिजिकल पासपोर्टको डिजिटल भर्जनले आईडी प्रुफको नाममा हुने ठगी रोक्न पनि मद्दत गर्नेछ। यसले यात्रुको जानकारी सुरक्षित राख्छ। साथै, यात्रुले पासपोर्टको हार्डकपीका लागि पासपोर्ट कार्यालयमा जानु पर्दैन।
फिनल्यान्डले डिजिटल पासपोर्ट प्रवर्द्धनका लागि फिनएयर, पुलिस र एयरपोर्ट अपरेटर फिनाभियासँग सम्झौता गरेको छ। यसको परीक्षण पनि सुरु भइसकेको छ। यदि यो परियोजना सफल भयो भने यात्रुले भविष्यमा फिजिकल पासपोर्ट बोक्न आवश्यक पर्दैन। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19