काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजी ७७ करोड ३४ लाख १० हजार ४४१.९३ रुपैयाँको ४५ प्रतिशतले हुन आउने ३४ करोड ८० लाख ३४ हजार ६९८.५८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा ३० प्रतिशतले हुन आउने २३ करोड २० लाख २३ हजार १३२.५८ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुने आउने ११ करोड ६० लाख ११ हजार ५६६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले जनाएको छ ।