काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था निकै दयनीय बनेको क्रिस्टल फाइनान्स लिमिटेडको लाइसेन्स खारेज गरेको छ। 

खराब कर्जा बढ्नुका साथै निक्षेपभन्दा बढी ऋण लगानी गरेकै कारण वित्तीय अवस्था बिग्रेको भन्दै राष्ट्र बैंकले यो फाइनान्सलाई २०६९ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रह घोषणा गरेको झन्डै ८ वर्षमा पनि स्थितिमा कुनै सुधार नआएपछि राष्ट्र बैंकले यो फाइनान्सको लाइसेन्स खारेज गर्न बाध्य बनेको हो। 

समस्याग्रस्त हुँदा फाइनान्सको निक्षेप दायित्व ४९ करोड १३ लाख रुपैयाँ र उठाउनुपर्ने ऋण ८६ करोड ८० लाख रुपैयाँ थियो। चुक्तापुँजी ९ करोड ४४ लाख रुपैयाँ रहेको फाइनान्सको कुल ऋणमध्ये झन्डै १६ प्रतिशत नउठ्ने स्थितिमा रहेको थियो। यही कारणले यो फाइनान्सको लाइसेन्स खारेजीमा परेको राष्ट्र बैंकका एक अधिकारी बताउँछ। 

यो फाइनान्सलाई डुबाउने कार्यमा संलग्न केही ऋणी, कर्मचारी तथा सञ्चालकलाई अदालतले कैद फैसला सुनाएको थियो। तीमध्ये केही अझै पनि जेलमै रहेको स्रोत बताउँछ। 

यो फाइनान्सले राष्ट्र बैंकबाट २०५८ फागुनमा लाइन्सेस पाएको थियो। यसको कर्पोरेट कार्यालय थापाथलीमा रहेको छ।