donald trump
-जोसेफ एस. ने
क्याम्ब्रिज (रासस/प्रोजेक्ट सिन्डिकेट) । सबुत स्पष्ट छ । डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र ट्रम्प नेतृत्वको अमेरिकाको पक्षमा थिए । यो आँकडा बाराक ओबामाको राष्ट्रपतित्वकालयता करिब २० अङ्कको गिरावट हो । प्यू रिसर्च सेन्टरले ३० प्रतिशत अनुमोदन रेटिङसँगै चीन करिब अमेरिकाको निकट पुगेको जनाएको छ । साथै बेलायती सूचकाङ्क ‘दि सफ्ट पावर ३०’ ले पनि अमेरिका सन् २०१६ मा पहिलो स्थानबाट चिप्लिएर गत वर्ष तेस्रो स्थानमा पुगेको देखाएको छ ।
ट्रम्पको प्रतिरक्षा गर्नेहरू सफ्ट पावरले कुनै फरक नपर्ने जवाफ दिन्छन् । ट्रम्पका बजेट निर्देशक मिक मुलभेनीले स्टेट डिपार्टमेन्ट र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सीका लागि ३० प्रतिशतले बजेट कटौती गरेर ‘हार्ड पावर बजेट’ को घोषणा गर्नुभयो । बाँकी विश्वले अमेरिकालाई दोस्रो स्थानमा रहेको मानेको बेला ‘अमेरिका पहिलो’ का प्रवद्र्धकहरूका लागि के तिनीहरू सही छन् ?
सफ्ट पावर जबरजस्ती वा भुक्तानीको सट्टा आकर्षणमा निर्भर हुन्छ । यसले मानिसहरूलाई दबाव दिनुको सट्टा सहकार्य गर्दछ । व्यक्तिगत स्तरमा बुद्धिमान बाबुआमा केवल नयाँ, सुविधा वा कारको चाबीहरू हटाउनमा निर्भर हुनुको सट्टा आफ्ना बच्चाहरूका लागि आदर्श नैतिक मूल्यहरूको मोडेल बन्न सकियो भने आपूmहरूको शक्ति धेरै हुनेछ र धेरै समयसम्म रहनेछ भन्ने कुरा जान्दछन् ।
ठीक त्यसैगरी राजनीतिक नेताहरूले लामो समयसम्म सत्तालाई बुझेका हुन्छन् जुन एजेन्डालाई निर्धारण गर्न र बहसका लागि रूपरेखालाई निर्धारण गर्नमा सक्षम हुन्छ । म चाहनाका लागि तपाइँबाट जे प्राप्त गर्नसक्छु त्यही चाहन्छु भने तपाइँ जे चाहनुहुन्न मसँग त्यसका लागि दबाव दिने केही हुँदैन । एउटा मुलुकको सफ्ट पावर मुख्यरूपमा तीनवटा स्रोतबाट प्राप्त हुन्छ ः उसको संस्कृति (जब यो अन्यका लागि आकर्षक हुन्छ), प्रजातन्त्र र मानवअधिकारजस्ता उसको राजनीतिक मूल्यहरू (यदि ऊ तिनीहरूसँग बस्छ) र उसका नीतिहरू (तिनीहरू वैध भएको देखिन्छन, किनकी अन्यका हितहरूको बारेमा जागरुकता र केही नम्रताका साथ तिनीहरू आपूmलाई तयार बनाउँछन्) ।
एउटा सरकारले घरमा (उदाहरणका लागि स्वतन्त्र प्रेसको संरक्षण गरेर), अन्तर्राष्ट्रिय सङ्घसंस्थामा (अन्य र बहुपक्षीयवादसँग परामर्श गरेर) र विदेश नीतिमा (विकास र मानवअधिकारको प्रवद्र्धन गरेर) कस्तो व्यवहार गर्छ भन्ने कुरा उसको उदाहरणीय कार्यको प्रभावले अरुलाई प्रभावित पार्नसक्छ । यी सबै क्षेत्रमा ट्रम्पले आकर्षक अमेरिकी नीतिहरूलाई उल्ट्याउनुभएको छ ।
सौभाग्यवश, अमेरिका ट्रम्प वा सरकारभन्दा अधिक छ । हार्ड पावर सम्पत्ति (जस्तै सशस्त्र बल)को विपरित थुप्रै सफ्ट पावर संसाधनहरू सरकारबाट अलग छन् र यिनका उद्देश्यहरूसँग यिनीहरू आंशिकरूपमा मात्र उत्तरदायी छन् । एउटा उदार समाजमा सरकारले संस्कृतिलाई नियन्त्रण गर्न सक्तैन । वास्तवमा आधिकारिक सांस्कृतिक नीतिहरूको अभाव स्वयम्का लागि आकर्षणको स्रोत हुनसक्छ । ‘दि पोस्ट’ जस्तो हलिउडको चलचित्रले स्वतन्त्र महिला र प्रेस स्वतन्त्रतालाई प्रदर्शन गर्छ र अन्यलाई आकर्षण गर्नसक्छ । त्यस्तै आकर्षणले अमेरिकी प्रतिष्ठानहरूको कार्यलाई परोपकारी बनाउनसक्छ र अमेरिकी विश्वविद्यालयहरूमा जाँचको स्वतन्त्रताको लाभ हुनसक्छ ।
के कुरा सत्य हो भने विश्वविद्यालय, फर्म, प्रतिष्ठान, चर्च र अन्य गैरसरकारी समूहहरूले तिनीहरूको आफ्नै सफ्ट पावर विकास गर्छन जसले आधिकारिक विदेश नीतिका लक्ष्यहरूसँग सम्बन्धमा बलियो बनाउन वा असङ्गत बनाउनसक्छ । साथै सफ्ट पावरका यी सबै निजी स्रोतहरू वैश्विक सूचना युगमा तीव्ररूपमा महत्वपूर्ण हुनसक्ने सम्भावना छ । कमजोर हुनु र सफ्ट पावर गुमाउनुको सट्टा तिनीहरूको आफ्नै कार्य र नीतिहरूले सिर्जना गरेको र मजबुत बनाएको भन्ने सुनिश्चित गर्न सरकारका लागि यी सबै अधिक कारण हुन् ।
कपटी, अभिमानी, अन्यका विचारहरूप्रति उदासीन वा राष्ट्रिय हितहरूको सङ्कीर्ण धारणाको आधारमा प्रकट हुने आन्तरिक अथवा विदेशी नीतिहरूले सफ्ट पावरको अवमूल्यन गर्नसक्छन् । उदाहरणका लागि सन् २००३ मा इराकमाथिको आक्रमणपछि गरिएको सर्वेक्षणहरूमा अमेरिकाको आकर्षणमा आएको ठूलो गिरावट सामान्यतया अमेरिकाको तुलनामा बुस प्रशासन र उसको नीतिहरूको प्रतिक्रिया थियो ।
अमेरिकालाई अलोकप्रिय बनाउने इराक युद्ध सरकारको पहिलो नीति थिएन । सन् १९७० को दशकमा भियतनाममा अमेरिकी युद्धप्रति विश्वभरका कयौँ मानिसले आपत्ति जनाएका थिए र अमेरिकाको विश्वव्यापी अडानले त्यो नीतिको अलोकप्रियकरणलाई प्रतिबिम्बित ग¥यो । जब नीति परिवर्तन भयो र युद्धका सम्झना कम हुँदै गयो अमेरिकाले उसको हराएको सफ्ट पावर बहुत अधिक पुनःप्राप्त ग¥यो । त्यसै गरेर इराक युद्धपछि विश्वका अधिकांश क्षेत्रमा अमेरिका उसको सफ्ट पावर हासिल गर्न सफल रह्यो । यद्यपि मध्यपूर्वमा त्यति धेरै हासिल भएन ।
अमेरिकी सफ्ट पावरको उदय र पतनले धेरै कुरामा फरक पार्दैन भनेर शङ्कालुहरू अभैm तर्क दिनसक्छन् किनकी मुलुकहरू आत्म–हितबाट सहकार्य गर्छन् । तर यो तर्कले एउटा महत्वपूर्ण विन्दुलाई गुमाउँछ ः सहकार्य डिग्रीको कुरा हो र डिग्री आकर्षण वा विकर्षणबाट प्रभावित हुन्छ । यसका अतिरिक्त कुनै मुलुकको सफ्ट पावरको असर गैर–राज्यका खेलाडीसम्म विस्तार हुन्छ । उदाहरणका लागि आतङ्कवादी सङ्गठनहरूबाट सहयोग वा भर्ती गरेर । सूचनाको युगमा कसैको सेनाको जीतमा मात्र निर्भर हुँदैन कसैको कथाको जीतमा पनि हुन्छ ।
अमेरिकाको सफ्ट पावरको एउटा सबैभन्दा ठूलो स्रोत भनेको उसको प्रजातान्त्रिक प्रक्रियामा खुलापन हो । यहाँसम्म कि जब गलत नीतिहरूले यसका आकर्षकताहरूलाई कम गर्दछन् अमेरिकाको आलोचना गर्ने क्षमता र आफ्ना कमजोरीहरूलाई ठीक बनाउने क्षमताले उसलाई गहनरूपमा अन्यका लागि आकर्षक बनाउँछ । जतिबेला विदेशमा रहेका प्रदर्शनकारीहरू भियतनाम युद्धको विरुद्धमा लागिरहेका थिए, तिनीहरूले अमेरिकी नागरिक अधिकार आन्दोलनको गीत ‘हामी सफल हुनेछौँ’ प्राय गाउँथे ।
अमेरिकाले पनि निश्चितरूपमा यसबाट पार पाउनेछ । विगतको अनुभवलाई हेरेर अमेरिकाले ट्रम्पपछि आफ्नो सफ्ट पावरलाई पुनः प्राप्त गर्नेछ भन्ने अपेक्षाका लागि हरेक कारण छ ।
(जोसेफ एस. ने अमेरिकी पूर्व रक्षामन्त्री हुनुहुन्छ । उहाँ हार्वर्ड विश्वविद्यालयका प्रोफेसर पनि हुनुहुन्छ ।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago