काठमाण्डौ । नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशअन्तरगत डोल्पा जिल्ला काईके गाउँपालिका वडा नम्बर २ सहरतारामा शाखा कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको छ । 

सो स्थानमा एक समारोहका बीच बैंकले शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।

नेपाल बैक लिमिटेडले देशका सातै प्रदेशका ६१ जिल्लामा १६४ शाखा २३ एक्सटेन्सन काउन्टर ८७ एटिएम सेवाविन्दु मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 

बैंकले चालु आर्थिक वर्षभित्र थप ३० स्थानमा शाखा विस्तारको लक्ष्य लिएको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिएका छन् ।