काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । 
 
ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको र ७५ वटा एटिएम रहेका बैंकले जनाएको छ । 
 
ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।