काठमाण्डौ । प्रभु  बैंक लिमिटेडले शहरी साथै ग्रामीण क्षेत्रमा  समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन  तनहुँको बन्दिपुर १ डुम्रेबजारको सोमबार औपचारिक उद्घाटन गरेको छ ।

बन्दिपुर  गाउँपालिका वडा नंं १,   स्थित डुम्रे शाखाको बन्दिपुर  गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले उद्घाटन गरेका हुन् ।

सो क्रार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरु तथा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिनिधि, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनीय सहभागिता थियो ।  

कार्यक्रममा बैंकका गण्डकी प्रदेशका क्षेत्रीय अधिकृत भेषराज धमलाले बैंकको सेवा सुबिधा को बारेमा प्रकाश पारेका थिए । 

 

यस्तै, प्रभू बैंकले डोल्पा जिल्लाको शे फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालयको साउन २० गतेकै दिन उद्घाटन गरी औपचारिक कारोबार थालेको छ । 

बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको समुद्घाटन शे–फोकसुण्डो गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गबाट विहान ९ः३० बजे एक समारोहकाबीच भएको बैंकले जनाएको छ  । 

शाखा उद्घाटन गर्दै टसि तुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको तथा यातायात, सञ्चार तथाविद्यूतआपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको बताएका थिए ।

समुद्री सतह देखि करिब ४,२०० मिटरको उचाईमा रहेको साल्दाङ्गस्थित शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्न पाउने अवसर प्राप्त भएको बताइएको छ ।