काठमाण्डौ । जब तपाइँको कमाइ खर्चभन्दा धेरै हुन थाल्छ तब पैसालाई उचित ठाउँमा लगानी गर्न सुरु गर्नुहोस्। फाइनान्सियल प्लानिङमा तपाइँले आफ्नो वर्तमानसँगै भविष्य कसरी सुरक्षित गर्ने कुरा निकै महत्वपूर्ण हुन्छ। त्यसैले यदि तपाइँलाई केही भइहाले परिवारलाई पैसा जोहो गर्न समस्या नहोस्। यही कारण आवश्यकताअनुसार इन्स्योरेन्स कभरको साइज सही तरिकाले बनाउनुहोस्।
अलगअलग क्षेत्रमा लगानी आवश्यक
इन्स्योरेन्स र म्युचुअल फन्ड दुवै लगानीका ठूलो स्रोत हुन्। तर यो कुरा सधैँ याद राख्नुहोस् कि म्युचुअल फन्ड मुख्य रुपमा एउटा लगानी अप्सन हो। जब कि इन्स्योरेन्सलाई रिस्क कभर मानिन्छ। वित्तीय योजनामा रियल स्टेट र गोल्ड इन्भेस्टमेन्टलाई महत्व दिइन्छ। रिस्क कभरको आकार कति हुनुपर्छ भन्ने जान्नुअघि तल दिइएका केही कुरामा ध्यान राख्न आवश्यक छ।
हरेक ठूला जिम्मेवारीका लागि स्पेसल प्लानिङ
यी सबै किसिमका जिम्मेवारीलाई ध्यानमा राखेर म्युचुअल फन्ड, फिक्स्ड डिपोजिट र इन्स्योरेन्स कभरका लागि राम्ररी प्लानिङ गर्नुपर्छ। फरक फरक लगानी योजनाले फरकफरक जिम्मेवारीका हिसाबले तय गर्नुपर्छ। यसो गर्नाले आर्थिक समस्याहरुबाट सजिलै बच्न सकिन्छ।
थम्ब रुल के हो ?
विकसित देशहरुमा थम्ब रुललाई तपाइँको इन्स्योरेन्स कभर वार्षिक कमाइको तुलनामा कम से कम ७–१० गुना हुनु हो भन्ने गरिन्छ। मतलब तपाइँको वार्षिक आम्दानी १० लाख रुपैयाँ छ भने तपाइँको इन्स्योरेन्स कभर ७० लाखदेखि १ करोडको बीचमा हुनुपर्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19