काठमाण्डौ । को अभिभावक नहोला र जसले आफ्ना केटाकेटीको भविष्य उज्जल नभएको नदेखोस ।

हुन पनि हो, प्रत्येक अभिभावकले केटाकेटीकै लागि दिनरात नभनीकन मेहनत र परिश्रम गरिरहेका हुन्छन् । अभिभावकका लागि जन्मिएदेखि लिएर पर्यन्तसँग केटाकेटीको लागि केहि न केहि भएपनि  लगानी गरौं भन्ने चाहना हुन्छ नै । भविष्यप्रति लगानी  गर्नुपर्छ भन्ने बुझेका कतिपय अभिभावकले जानेर समयमै लगानी गर्ने गर्छन् भने कतिपय अभिभावकले ढिलागरी लगानी गर्ने गर्छन् ।

तर बजार विश्लेकहरु चाहिं सचेत अभिभावकले आफ्ना केटाकेटीको लागि जतिसक्दो चाँडो लगानी शुरु गर्नुपर्ने बताउँछन् । यो तर्क वित्तीय साक्षरता भएका अभिभावक र नभएका अभिभावकको हकमा समान लागू हन्छ भन्ने चाहिं छैन ।

उनीहरुका अनुसार अभिभावकले जति चाँडो लगानी गर्न शुरु गर्दछन्, त्यतिनै भविष्यका लागि फाइदा सावित हुन सक्दछ । बजार विज्ञहरुका अनुसार विश्वव्यापी रुपमा सिस्टेमेटिक प्लान(एसआईपी) आजको समयमा दिर्घकालिन लगानीका लागि उत्तम विकल्प सावित भइसकेको  छ। हुन त लगानीको लागि विभिन्न विकल्पहरु नभएका होइनन् । यदि अभिभावकको मासिक आम्दानी राम्रो छ भने कहि न केहि भएपनि समयमै लगानी गर्नु राम्रो हुन्छ । यसकारण अभिभावकले समयमा नै यस्तो ठाउँमा लगानी गर्नुपर्छ जहाँबाट दिर्घकालमा राम्रो प्रतिफल प्राप्तहोस  ।

हुन त कतिपयले आफ्नो बुढेसकालको लागि रकम जम्मा गर्दछन् त कसैले आफ्ना केटाकेटीको उज्जल भविष्यको लागि ।जसबाट उनीहरुले भविष्यमा वित्तीय संकट व्यहोर्नु नपरोस । यदि तपाईं पनि आफ्ना केटाकेटीको भविष्य वित्तीय रुपमा बलियो भएको हेर्न चाहनु हुन्छ भने यो योजना निक्कै लाभदायक हुन सक्छ ।

यदि तपाईले समयमै एसआईपीको माध्यमबाट दिर्घकालका लागि लगानी गर्नुहुन्छ भने केटाकेटीले भविष्यमा नसोचेको रकम अर्थात् करोडपति बन्ने मौका पाउने छन् ।२१ वर्षपछि केटाकेटीको हातमा करोडौं रकम हुनेछ । अनि बच्चाले भन्ने छ-  धन्यवाद बुवा !
केटाकेटीको पढाईदेखि बिबाहसम्मको टेन्सन अन्त्य
हुन त प्रत्येक अभिभावकले आफ्ना केटाकेटीको भविष्यको चिन्ता गरिरहेकै हुन्छन् ।यसका लागि उनीहरुले पढाईलेखाईदेखि लिएर बिबाहसम्म लगानी जुटाउन अनेकन प्रयत्न गर्छन् ।आजको महंगीको जमानामा बच्चाको लागि ठूलो रकम जम्मा गर्नु चानचुने कुरा हुँदै होइन । समयमै यति ठूलो रकम जम्मा गर्नको लागि म्युचुअल फण्ड अर्थात् एसआईपी एक एकदमै राम्रो विकल्प बन्न सक्ने बजार जानकार बताउँछन् । यसमा पाएको प्रतिफललाई हेर्ने हो भने पनि आज एसआईपीमा गरेको लगानीले तपाईको केटाकेटी केबल २१ वर्षको उमेर हुँदा करोडपति बन्न सक्दछन् ।तर यसका लागि लगानीको निश्चित सुत्र भने अपनाउन आवश्यक पर्छ । जसको लागि तपाईले थौरै थोरै भएपनि बचत गरेर लगानी विस्तार गर्दै जानु पर्दछ  । 
दिर्घकालका लागि एसआईपी धेरै राम्रो 
केटाकेटीको लागि लगानी जतिसक्यो चाँडो गर्न सक्यो, त्यति नै उनीहरुका लागि राम्रो हुन्छ ।विज्ञहरुका अनुसार दिर्घकालसम्मको लगानी आजको महंगी र समयको हिसावले उत्तम विकल्प प्रमाणित भइसकेको छ ।

भारतको कुरा गर्ने हो भने त एसआईपीबाट लगानीकर्ताले वार्षिक २० प्रतिशतभन्दा बढी प्रतिफल पाइरहेका छन् । औषतमा चाहिं लगानीकर्ताले १२ देखि १६ प्रतिशत प्रतिफल पाइरहेको अवस्था छ । यो प्रतिफल पनि  दिर्घकालका लागि तय गरेको निश्चित लगानीले सम्भब भएको हो ।यसबाट करोडौंको रकम तपाईको कोषमा जम्मा हुने निश्चित छ ।
केटाकेटीलाई करोडपति बनाउँछ यो सुत्रले 
अब कुरा गरौं, करोडपति बन्ने सुत्रबारे । जुन योजनाबाट तपाईको बच्चासँग करिब २ करोड जम्मा हुन्छ । यसका लागि बच्चा जन्मने बित्तिकै अभिभावकले प्रतिमहिना १० हजार रुपैयाँका दरले एसआईपी गर्नुपर्ने हुन्छ र यसलाई २१ वर्षसम्म जारी राख्नुपर्नेछ। यस अवधिमा तपाईंको लगानी २५ लाख २० हजार रुपैयाँ हुन जान्छ । मानौं कि, तपाईले २० प्रतिशत नभएपनि  १६ प्रतिशतको औषत प्रतिफल पाउनुहुन्छ । यो हिसावले यस अवस्थामा तपाईले प्राप्त गर्ने प्रतिफल रकम १ करोड ८१  लाख १९ हजार ३४५ हुनेछ।

 

यसअनुसार तपाईको कुल कोष २१ वर्षमा २ करोड ६ लाख,३९ हजार ३४५ हुनेछ। तर, यस अवधिमा १२ प्रतिशत मात्रै रिटर्न पाए पनि केटाकेटी करोडपति बन्ने नै छन् । यसो हुँदा पनि बच्चाले १ करोड १३ लाख ८६ हजार ७४२ रुपैयाँ पाउँछ नै ।
एसआईपीमा लगातार लगानी बढ्दै
भारतीय पूँजीबजारको कुरा गर्ने हो भने यहाँको सेयरबजारमा समय-समयमा ठूलो उतारचढाव आउने गरेको छ तापनि लगानीकर्ताहरु भने म्युचुअल फण्डप्रति सकारात्मक छन् ।

एक तथ्यांक अनुसार सन् २०२३ सम्ममा यहाँ म्युचुअल फण्डका लगानीकर्ताको संख्या ४ करोड नाघेको छ भने एशोसिएशन अफ म्युचुअल फण्ड अफ इन्डिया (एएमएफआई) ले  सन् २०२३, सेप्टेम्बरमा, प्रणालीगत लगानी योजना एसआईपीमार्फत् लगानीले १६ हजार करोड रुपैयाँको स्तर पार गरेको जनाएको छ जुन पहिले अगस्ट महिनामा चाहिं १५ हजार ८१४ करोड रुपैयाँ थियो।

अब नेपालको सन्दर्भतर्फ जाऔं
नेपालमा एनआईएमबी
एस क्यापिटलले पहिलोपटक खुल्लामुखी योजना म्युचुएल फण्ड सञ्चालनमा ल्याएको छ । यसमा निश्चित अवधिको फरकमा निश्चित रकम लगानी गर्न सकिन्छ । यो लगानी प्रायः ५ देखि १० वर्षको लागि भनेर समय तोकेर नै गर्ने गरिन्छ । यस्ता आवधिक रुपमा गरिने स–साना लगानीले भविष्यमा आवश्यक पर्ने ठूलो वित्तीय आवश्यकता पूर्ति गर्न सहयोग गर्दछ । अहिले बजारमा ७ वटा खुल्लामुखी म्युचुएल फण्ड सञ्चालनमा छन् । यसमा कुमारी, एनआईसी एशिया, नबिल, एनएमबी, लक्ष्मी र सिद्धार्थ क्यापिटलले खुल्लामुखी योजना सञ्चालन गरिरहेका छन् ।
खुलामुखी योजनामा दुई
किसिमले लगानी गर्न सकिन्छ । पहिलो, आफूसँग भएको रकमले एकैपटक सहभागिता फण्डको इकाई आजको न्याभ भ्यालुमा खरिद गर्न सकिन्छ । 

यो नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत हुँदैन र  प्रत्येक दिनको नेट एसेट भ्यालु (न्याभ) को आधारमा खरिदबिक्री हुन्छ । दोस्रो एसआईपीको माध्यमबाट पनि खुल्लामुखी योजनामा लगानी गर्न सकिन्छ । एसआईपीमा लगानीका लागि एकपटक क्यापिटलमा गएर एसआईपी रजिष्टर गर्नुपर्ने हुन्छ । रजिष्टर गर्दा लगानी गर्ने रकम निश्चित गर्नुपर्छ ।

नेपालको हकमा कुरा गर्ने हो भने एकमुष्ट रुपमा ठूलो रकम लगानी गर्नुभन्दा नियमित रुपमा थोरै रकम लगानी गर्नाले दिर्घकालका लागि फाइदाजनक हुन्छ । 

अहिले त आईएमई पेलगायतका विभिन्न डिजिटल वालेटमार्फत् सेवाग्राहीहरूले सजिलै एसआईपीको रकम भुक्तानी गर्न सक्ने छन् ।

पछिल्लो केही समययता पूँजीबजारमा एसआईपी  लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै ‘आईएमई पे’ ले आफ्नो सेवाग्राहीका लागि यो सेवा सुचारु गरेको सीईओ प्रवीन रेग्मीले बताएका छन् ।