काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज माघ १२ गते ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। बैकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्छ। यसले तरलतामा तीव्र सुधार हुँदै गएको संकेत गर्छ।
तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो। जसअनुसार रिपोको म्याचुरिटी पिरियड अर्थात बैंकहरुले रिपोमा राखेको रकम फिर्ता पाउने समय माघ १९ गतेलाई तोकिएको छ।
जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।
रिपोमा सहभागी हुन बैंकहरुले आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्ने छ। परेको बोलकबोलबाट भारित औषतमा ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका एक अधिकारीले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सुधार हुँदै गएको पुष्टि गरे। ‘अधिक तरलता बढेसँगै व्यवस्थापन गर्न राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो’, ती अधिकारीले भने।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19