काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असोज २७ गते ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।
तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19