काठमाण्डौ । तलब संशोधन वार्ता विफल भएपछि आन्दोलनस्वरुप भारतका सम्पूर्ण बैंकहरु आगामी जनवरी ३१ र फेब्रुअरी १ का दिन बन्द गरिने भएको छ ।
भारतीय बैंक संघसँगको तलब संशोधन वार्ता विफल भएपछि बैंक युनियनहरुले देशव्यापरी रुपमा दुई दिन पूर्ण रुपमा बैंकहरु बन्द गर्ने घोषणा गरेका हुन् । बैंकहरु बन्द गर्दा पनि सुनुवाइ नभए मार्च ११, १२ र १३ पुनः बैंकहरु बन्द गरी कामकाज ठप्प पार्ने युनियनहरुले चेतावनी दिएका छन् । त्यसो त मार्चमा होली पर्व र अन्य छुट्टी मिलाएर सार्वजनिक बिदामात्र ८ दिन छ । युनियनहरुले थप तीन दिन बन्द गर्ने भएपछि बैंकहरुको कारोबारमा व्यापक प्रभावित हुने अर्थविद्हरु बताउँछन् ।
बैंकहरु कर्मचारीहरु तलब संशोधन नभएमा अप्रिलबाट भने अनिश्चितकालीन आमहडतालमा उत्रिने चेतावनी पनि युनियनहरुले दिएका छन् ।
यसअघि यही मामिलामा गत जनवरी ८ मा पनि बैंकका कर्मचारीहरु आन्दोलनमा थिए ।
त्यसो त १० केन्द्रीय ट्रेड युनियनहरुले नरेन्द्र मोदी सरकारको आर्थिक नीतिको विरोध गत जनवरी ८ मा भारत बन्दको आह्वान गरिएको थियो ।
भारतमा ३१ जनवरीमा आर्थिक सर्वे आउँछ र फेब्रुअरी १ मा वित्तमन्त्री निर्मला सीतारमणले संसदमा बजेट पेस गर्ने कार्यक्रम छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago