काठमाण्डौ । मर्जरपछि तिनाउ डेभलपमेन्ट बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आज मंगलबारबाट एकीकृत कारोबार सुरु गर्दैछन् ।
नेपाल राष्ट्र बैंकबाट तिनाउ र मिसन डेभलपमेन्ट बैंकबीचको मर्जरले अन्तिम स्वीकृति पाएपछि दुवै बैंकको एकीकृत कारोबार सुरु हुन लागेको हो । मर्जरपछि तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट करोबार सुरु हुँदैछ ।
दुवै बैंकले गत जेठ १७ गते विशेष साधारणसभा डाकेर मर्जर प्रक्रिया अगाडि बढाएका थिए । प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १स्१ को सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।
तिनाउ मिसनको अध्यक्षमा मिसन डेभलपमेन्ट बैंकका अध्यक्ष टिकाराम घिमिरेले निरन्तरता पाएका छन् । प्रमुख कार्यकारी अधिकृतमा भने तिनाउ विकास बैंकका प्रदिपकुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा मिसन डेभलपमेण्ट बैंकका हरिप्रसाद घिमिरे रहेका छन् ।
मर्जरपछि बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड रुपैयाँ र निक्षेप १० अर्ब १२ करोड र ऋण ८ अर्ब ८३ करोड पुगेको छ ।
तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय भने बुटवल ४ स्थित पाल्पारोडमा रहेको तिनाउ विकास बैंकको भवनमा रहनेछ ।
मर्जरपछि बैंकको शाखा कार्यालयको संख्या ३७ पुगवेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago