काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गर्न सफल भएको छ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म गत वर्षको तुलनामा खुद नाफा १५६.९१ प्रतिशतले बढाउन सफल भएको छ। यो वर्षको दोस्रो त्रैमाससम्म बैंकले १० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा १४ करोड ३४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ५ करोड ८२ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमाससम्म बैंकले ३३ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ९ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यसले बैंकको व्यावसायिक विस्तार आक्रामक देखाउँछ।
बैंकले १४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार ९५.५५ प्रतिशतले बढेको छ। गत वर्ष ९ करोड ९४ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
वार्षिकीकृत बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १२.४९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) भने १३.७७ गुणा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago