काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ का लागि सेयरधनीहरुलाई बोनस सेयर वितरणको प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै असार मसान्तसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापुँजी १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५.७६ रुपैयाँको १२ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख १७५.०९ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19