 
                    Prabhu Bank Limited
 
                                    काठमाण्डौ । प्रभू बैंकले काठमाण्डौको तिलगंगा आँखा अस्पताल परिसरमा सोमबारदेखि आफ्नो एक्सटेन्सन काउण्टर बिस्तार गरेको छ ।
काठमाण्डौ महानगरपालिका वडा नं. ९ गौशाला स्थित तिलगंगाआँखा अस्पताल परिसरमा काउण्टर बिस्तार भएको हो ।
अस्पताल परिसरमा आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याउन बैंकले आवश्यक तयारी पूरा गरिसकेको छ । उपचारको सिलसिलामा तिलगंगा अस्पतालमा आउने सेवाग्राहीले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउण्टरमा बुझाई अस्पतालबाट उपचार सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।
बैंकका अनुसार अस्पताल सञ्चालन हुने प्रत्येक दिन बिहान ८.०० बजेदेखि अपरान्ह ५.०० बजेसम्म बैंकले सेवा उपलब्ध गराउनेछ । निक्षेप संकलन तथा नगद भुक्तानी हुने तिलगंगा एक्स्टेन्सन काउण्टर सञ्चालनमा आएपछि उपचारका लागि आउने सेवाग्राहीले छिटोछरितो एवम् व्यवस्थित रुपमा शुल्क भुक्तानी गरी उपचार सेवा लिन सक्नेछन् भने तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) अशोक शेरचनले बताएका छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19