काठमाण्डौ । तिहारका बेला ग्राहकको सुविधालाई ध्यानमा राखेर प्रभु बैंक लिमिटेडले उपत्यका र उपत्यकाबाहिर रहेका आफ्ना शाखाहरु कात्तिक १० र ११ गते खुला राख्ने भएको छ । कात्तिक १२ गते भाइटीकाका दिन भने बैंक बन्द रहनेछ ।
उपत्यकाभित्र रहेको प्रभु बैंकको मुख्य शाखा (बबरमहल) सहित कमलादी, गोंगबु, खिचापोखरी, सूर्यविनायक, कोटेश्वर र बौद्ध शाखा खुला रहनेछ ।
त्यस्तै उपत्यकाबाहिर जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिरहा, बुटवल, भैरहवा, न्युरोड (पोखरा), नेपालगन्ज, कलैया, वीरगन्ज, विराटनगर, बागलुङ र धनगढी शाखा पनि खुला रहनेछन् ।
उपत्यका र उपत्यकाबाहिरका यी शाखाहरु कात्तिक १० र ११ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।
तिहारका बेला यी शाखाबाट निक्षेप जम्मा, चेक भुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँ) र रेमिट्यान्स रकम बढीमा ५० हजार रुपैयाँसम्म (सोभन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न पाउने व्यवस्था गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago