काठमाण्डौ । कोरोनाभाइरसले अस्ट्रेलियाको लगातार तीन दशकदेखिको आर्थिक वृद्धिलाई रोकिदिएको छ।

ताजा आँकडाहरुका अनुसार यो वर्षको दोस्रो त्रैमासमा अस्ट्रेलियाको अर्थव्यवस्थामा ७ प्रतिशतको गिरावट आएको छ। पहिलो त्रैमासमा भने ०.३ प्रतिशतले अर्थव्यवस्थामा गिरावट आएको थियो। 

अस्ट्रेलियाको अर्थव्यवसथामा सन् १९५९ पछि पहिलोपटक यति धेरै गिरावट आएको हो। लगातार दोस्रो त्रैमासमा अर्थव्यवस्थामा संकुचन आएका कारण अस्ट्रेलिया मन्दीमा गएको छ।

अस्ट्रेलिया एउटा यस्तो ठूलो अर्थव्यवस्था भएको देशको जुन २००८ को विश्वस्तरको मन्दीबाट बचेको थियो। 

अस्ट्रेलियाको अर्थव्यवस्थामा देखिएको संकुचनको मुख्य कारण चीनमा अस्ट्रेलियाबाट हुने प्राकृतिक संसाधनहरुको मागमा आएको कमी नै रहेको बताइएको छ। त्यस्तै यो वर्षको सुरुआतमै जंगलमा डढेलो लाग्नु र कोरोनाभाइरसको सुरुआती प्रभावले पनि अस्ट्रेलियाको अर्थव्यवस्थामा नोक्सानी पुगेको हो।

त्यसपछि लकडाउनका कारण देशमा कारोबार ठप्प हुँदा पनि अर्थव्यवस्थामा असर परेको अधिकारीहरु बताउँछन्। अर्थव्यवस्था उकास्न सरकार र केन्द्रीय बैंकले उठाएका कदमबाट खासै सकारात्मक असर नपरेको विज्ञहरु बताउँछन्।

अस्ट्रेलियामा सन् १९९० को मध्यमा मन्दी देखिएको थियो। जुन सन् १९९१ को अन्त्यसम्म देखिएको थियो। – एजेन्सी