काठमाण्डौ । आरएमडीसी, नेरुडे र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । साधारणसभा र लाभांश प्रयोजनका लागि आरएमडीसी, विजय लघुवित्त र नेरुडेले क्रमशः पुस ११, १२ र १३ गतेदेखि बुक क्लोज गर्दैछन् ।

आरएमडीसीले पुस २३ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आफ्नो २१ औँ वार्षिक साधारणसभा गर्दैछ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चुक्ता पूँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँको १२.५० प्रतिशतबराबरको ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ बोनस शेयर र १२.५० प्रतिशतबराबरकै ९ करोड ९९ लाख २४ लाख २४ हजार ८२५ रुपैयाँ नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

त्यसैगरी, नेरुडेले पुस २८ गते १३ औँ वार्षिक साधारणसभा उद्योग संगठन विराटनगरमा बोलाएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

यसैगरी विजय लघुवित्तले पुस २९ गते संस्थाको सातौं वार्षिक साधारणसभा नवलपरासीको गैंडाकोटस्थित फेमेली जक्सन क्याफे एण्ड क्याटेरिङ्ग सेन्टरमाम गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। सभामा चुक्ता पूँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा २२ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि अनुमोदन हुनेछ ।