मुम्बई । लकडाउनसँगै मुम्बईमा खाने बस्नेको समस्या जलिट बन्दै गइरहेको छ । किनभने मानिसले रोजगारी गुमाइसकेको छ, यस्तो बेलामा उसले पैसा कहाँबाट ल्याउने ? आम्दानीको स्रोत नै ठप्प भएपछि घर मालिकलाई कसरी भाडा दिने ? महाराष्ट्र राज्य सरकारले धेरै मानिसको यही समस्यालाई मध्यनजर गरी विशेष निर्देशन जारी गरेको छ । उसले सबै घरधनीहरुलाई ३ महिनासम्म डेरावालबाट भाडा नमाग्न भनेको छ । यसको साथै राज्य सरकारले कडाईका साथ यो पनि भनेको छ कि यदि कुनै डेरावालले भाडा दिन नसकेकै कारण कुनै पनि घरधनीले घर वा कोठा खालि गराउन पाउने छैनन् । 

योपटक मुख्यमन्त्रीको अफिसले यो विषयमा एक ट्वीट समेत गरेको छ । ट्वीटमा भनिएको छ-'महाराष्ट गृह निर्माण विभागले सबै घरधनीहरुलाई निर्देशन जारी गरेको छ, उनीहरुलाई भनिएको छ कि भाडावालसँग तीन महिनासम्म भाडा नमाग्नू । यो क्रममा कुनै पनि भाडावाललाई भाडा नतिरेकै कारण घरधनीले कोठाबाट निकाल्न पाउने छैनन् ।' 

मुम्बई लगायतका शहरमा धेरै डेरावालसँग दुई छाक टार्ने पैसा समेत नरहेको मिडिया रिपोर्टहरुमा बताइएको छ । यस्तो अवस्थामा उनीहरुलाई कोठा भाडा तिर्न निकै कठिनाई भइरहेको छ । अप्रील १४ मा पैसा नभएरै समस्यामा परेका मजदूरहरु हजारौंको संख्यामा बान्द्रा रेल स्टेसनमा पुगेका थिए । त्यस्ता मजदूरहरुका लागि मुम्बईमा रहनलाई सहज नभएको बताइएको छ । 

भारतमा यसअघि नयाँदिल्ली राज्य सरकारले समेत त्यहाँका घरधनीलाई भाडावालसँग ३ महिनासम्म भाडा नमाग्न आग्रह गरेको थियो । 

गरीबीकै कारण भाडा दिन नसक्ने मानिसहरुको तर्फबाट घरधनीलाई सरकारले नै भाडा तिरिदिनेसम्मको घोषणा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरिसकेका छन् । 

-Aajtak