काठमाण्डौ । मंगलबार प्रकाशित आधिकारिक आँकडा अनुसार बितेको एक दशकमा बेलायतको त्रैमासिक रोजगारमा अहिलेसम्मकै धेरै गिरावट देखिएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो वर्षको अप्रिलदेखि जुन महिनाको बीचमा ३ करोड २९ लाख २० हजार मानिस रोजगारमा संलग्न थिए । यो संख्या गत वर्षको यही अवधिको तुलनामा १ लाख १३ हजार धेरै हो । तर अघिल्लो त्रैमासको भन्दा २ लाख २० हजार कम हो।
पुरुष र महिलालाई समान रुपमा प्रभावित पारेको यो रोजगार गिरावट सन् २००९ को मे देखि जुलाई त्रैमासपछिकै सबैभन्दा धेरै हो । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार जुलाई महिनाको डेटा अनुसार दैनिक ज्यालादारीमा काम गर्नेको संख्या ७ लाख ३० हजारले घटेको थियो । आर्थिक
क्रियाकलापको कमीका कारण बेलायतको रोजगार बजार कमजोर बन्दै गइरहेको र बेरोजगार दर भने यथास्थितिमै रहेको आँकडाले देखाएको छ ।
अप्रिलदेखि जुन महिनाको त्रैमासिक अवधिमा बेलायतको बेरोजगारदर ३.९ प्रतिशत थियो ।
-एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19