काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो  तेह्रौं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । 

जसमध्ये, आज सिराहाको गोलबजार र कास्कीको बुढीबजार शाखाले शाखा वरिपरिका टोल तथा बजारमा १०/१० वटा डस्टबीन वितरण गरेको छ। 

रुपन्देहीको भैरहवा र कोर्टिहवा शाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण गरेको छ । 

यसैगरी, काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न, उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा, झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी सामान, सिन्धुलीको कमलामाई शाखाले नवज्योति बहिरा माध्यमिक विद्यालयलाई आवश्यक स्टेसनरी सामान तथा पानी फिल्टर, तनँहुको दुलेगौंडा शाखाले वीपी कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले बास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरी मनाएका  छन् । 

बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभर नै सञ्चालन गर्दै आइरहेको छ र यो कार्यक्रम पौष २२ गतेसम्म जारी रहने बैंकले जनाएको छ ।