काठमाण्डौ । दक्षिण अमेरिकी सहर रियो दि जेनेरियो र साओ पाओलोमा कोरोनाका केसहरु वृद्धि भएपछि विश्व स्वास्थ्य संगठन(डब्लुुएचओ)ले ६ महिनाअघि चीनको वुुहानबाट उत्पन्न भएको कोरोनाभाइरसको इपिसेन्टर दक्षिण अमेरिकी महादेशमा स्थानान्तरण भएको घोषणा गरेको छ ।
“धेरैजसो दक्षिण अमेरिकी सहरहरुमा कोरोनाका संक्रमितहरु बढिरहेका छन्, जसका कारण यी देशहरुमा चिन्ताको अवस्था सिर्जना भएको छ । यो क्षेत्रमा विशेषगगरी ब्राजिल सबैभन्दा धेरै प्रभावित देखिएको छ ।” डब्लुुएचओका कार्यकारी निर्देशक माइक राइनले जेनेभा स्थित हेडक्वार्टरमा आयोजित न्युुज ब्रिफिङका क्रममा भने,“यतिबेला दक्षिण अमेरिका कोरोनाको नयाँ इपिसेन्टर भएको छ ।”
दक्षिण अमेरिकी देशहरुमध्ये ब्राजिलमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । राइनकाअनुुसार ब्राजिलमा कोरोनाका संक्रमितको संख्या ३ लाख नजिक पुुगेको छ भने मृत्युु हुुनेको संख्या पनि १९००० पुुगेको छ ।
उक्त ब्रिफिङका क्रममा राइनले ब्राजिलमा कोरोनाविरुद्ध मलेरिया विरुद्धको औषधि हाइड्रोक्लोरोक्विन अत्यधिक मात्रामा प्रयोग भइरहेको बताए ।
हाइड्रोक्लोरोक्विनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सेवन गरिरहेका छन् । तर धेरै अध्ययनहरुले यो औषधि कोरोनाको उपचारका लागि प्रभावकारी नभएको आशंका जनाएका छन् ।
शुक्रबार प्रकाशित एक प्रतिवेदनमा क्लोरोक्विन औषधि सेवन नगर्नेको तुुलनामा गर्नेको ज्यान जाने सम्भावना उच्च रहेको कुरा सार्वजनिक भएको थियो ।
राइनले क्लिनिकल परीक्षणले कोरोनाको उपचारका लागि क्लोरोक्विन प्रभावकारी नहुुने प्रमाण प्रदान गरेको बताए । ब्राजिलको राजधानी साउपाउलोमा कोरोनाका सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago