काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमीटेडले प्रवद्र्धन गरेको ५ वर्षे बन्दमुखी म्युुचुुअल फण्ड ग्लोबल आइएमई सम्मुन्नत स्कीम १ को खूद सम्पत्ति मूल्य(नेट एसेट भ्यालू) घटेको छ । 

आइतबार प्रकाशित बित्तीय विवरण अनुसार पुस मसान्तसम्म ९ रुपैयाँ २१ पैसा रहेको खूद सम्पत्ति मूल्य माघ मसान्तसम्ममा घटेर ८ रुपैयाँ ४५ पैसामा सीमित बन्न पुुगेको हो । यो स्कीमको नेट एसेट भ्यालू(एनएभी) प्रति इकाई मूल्य १० रुपैयाँ भन्दा कम कायम हो, यो खराब संकेत हो । 

कुल एक अर्बबाट सुरु भएको यो स्कीमले माघ मसान्तसम्म ६९ वटा सूचिकृत कम्पनीको सेयरमा ३६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, ५ करोड ११ लाख रुपैयाँ सूचिकृत नभएका सेयरमा लगानी गरेको छ । यो स्कीमले १५ करोड रुपैयाँ मुद्धती खातामा बचत गरेको छ । 

माघ अन्तिमसम्म यो स्कीमको खूद घाटा २० करोड १६ लाख रुपैयाँ पुगिसकेको छ । 

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी नबील ब्यालेन्स फण्डको ७ लाख २१ हजार २ सय १० इकाई खरीद गरेको छ । सबैभन्दा धेरै लगानी चाहि नागरिक लगानी कोषमा ४ करोड ८९ लाख रुपैयाँ छ ।