काठमाण्डौ । आरएसडिसी लघुवित्त बित्तीय संस्थाले असोज २ गते(आज)देखि आफ्ना सेयरधनीका लागि १ बराबर २ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाएको छ । 

सेयरधनीले अबको ३५ दिनभित्रमा तोकिएका स्थानमा गई हकप्रदका लागि आवेदन दिनसक्नेछन् । यसको अर्थ आगामी कात्तिक ५ गतेसम्म आरएसडिसीको हकप्रद भर्नुपर्नेछ । 

यो माइक्रोफाइनान्सको हकप्रद प्रयोजनका लागि भदौ १६ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ भदौ १५ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । 

आरएसडिसीले १ सय रुपैयाँ अंकित मूल्यका कुल २३ लाख कित्ता हकप्रद निश्कासन गरेको हो । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

हाल यो माइक्रोफाइनान्सको कम्पनीको चुक्तापूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि ३४ करोड ५० लाखको उचाईमा पुुग्नेछ । 

कहाँबाट दिने आवेदन ?
इच्छुक सेयरधनीले काठमाण्डौको लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको मुख्य कार्यालय, इन्भेष्टमेन्ट बैंक तथा आरएसडिसी लघुवित्तका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

यो कम्पनीको प्रति कित्ता अन्तिम सेयर कारोबार मूल्य १ हजार ३ सय २० रुपैयाँ रहेको छ ।