काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्दति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याजदरसहितको आकर्षक स्किम सार्वजनिक गरेको छ ।
बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।
दशैं जस्तो महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेछ । यसको अर्थ सांग्रिला डेभलपमेन्ट बैंकको व्यक्तिगत मुद्दति खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउनेछन् ।
यसका साथै बैंकले संस्थागत मुद्दतिमा पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago