-प्रकाश बञ्जारा
यूएई । युएईमा रहेको युएई एक्सचेन्ज र हिमालयन बैंकको हिमाल रेमिटको सहकार्यमा दशैंलाई लक्षित गर्दै हिमाल रेमिट मार्फत विप्रेषण गरे दश लाख रुपैयाँसम्म जित्नसक्ने योजना सार्वजनिक भएको छ ।
‘दशैं आयो, रेमिट गरौं हिमालबाट, रु १० लाख जितौं’ भन्ने नारासहित यहि सेप्टेम्बर १ तारिखबाट शुरु भएको योजना अक्टोबर ५ तारिख सम्म चल्ने बताइएको छ ।
योजना अन्तर्गत युएई एक्सचेञ्जका युएईमा रहेका कुनै पनि शाखाबाट हिमाल रेमिटमा रेमिट्यान्स पठाउने नेपाली मध्येबाट भाग्यशालीलाई हरेक हप्ता १ लाख पाँच हप्तासम्म र मेगा पुरस्कारमा ५ लाख रुपैयाँ जित्न सकिने युएई एक्सचेञ्जका लागि नेपाल तर्फ बजारीकरण प्रमुख सन्तोष प्रसाईले बिजशालालाई बताए ।
युएई एक्सचेञ्जले नेपाली मात्रलाई लक्षित गरी सार्वजनिक गरेको यो तेस्रो उपहार योजना हो । यसअघि पनि युएई एक्सचेञ्जले गत बर्षको दशैमा हिमाल रेमिटसँगकै सहकार्यमा २१ जना नेपाली ग्राहकलाई उपहार स्वरुप हवाई टिकट प्रदान गरेको प्रसाईले बताए ।
युएईभरि छरिएर रहेका ५० भन्दा बढी युएई एक्सचेञ्जका शाखामा रहेका नेपाली कर्मचारीहरुलाई योजनाको बारेमा जानकारी गराइसकिएकोले सम्पूर्ण नेपालीले सहजै योजनामा सहभागिता जनाउनसक्ने पनि प्रसाईले बताएका छन् ।
उता हिमालयन बैंकका लागि युएई प्रमुख कमल पराजुलीले उपहार योजनाका माध्यमबाट ग्राहकलाई समिप्यतामा ल्याउने प्रयास गरेको बताए ।
हिमालयन बैंकले सञ्चालन गरेको हिमाल रेमिट मार्फत पैसा पठाउँदा देशभर रहेका बैकका ६० शाखा कार्यालय र दश हजारभन्दा बढी एजेन्टहरु मार्फत देशभर भुक्तानी लिन सकिने पराजुली बताउँछन् । हिमाल रेमिटले युएईका नेपालीलाई चौध बर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । बेला बेलामा हुने यस्ता योजनाले बैधानिक रेमिट्यान्समा युएईका नेपालीको सहभागिता बढाउन समेत सहयोग गर्ने विश्वास लिइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago