काठमाण्डौ । कामना विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । 

साउन २० गते बसेको बैंक संचालक समितिको बैठकले सेवा विकास बैंकसँग मर्जर सम्पन्न भएसँगै १० प्रतिशत हकप्रदको प्रस्तावको निर्णय गरेको हो । 

यो निर्णय धितोपत्र बोर्ड र बैंकको साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 
कामना विकास बैंकले सेवासँग मर्जर हुनुुअघि आफ्ना सेयरधनीलाई ३० प्रतिशत हकप्रद बिक्री गरेको थियो । त्यसपछि यो बैंकको चुक्तापूँजी १ अर्ब ४ करोडको उचाईमा पुुगेको थियो । 

सेवा विकास बैंकको मर्जरपछि यो बैंकको चुक्तापूँजी २ अर्ब ६ करोड र त्यसपछि जारी हुने १० प्रतिशत हकप्रदपछि २ अर्ब २६ करोडको उचाईमा पुुग्नेछ ।