काठमाण्डौ । कोरोनाको गण बनेको बेलायतको एक हेरचाह केन्द्रका एक तिहाई सदस्यको दश दिनभित्र कोरोनाबाट मृत्युु भएको छ । 

कर्मचारीको महामारीबाट बचाउने प्रयासका बाबजुुद पनि त्यहाँका छ जनाको मृत्युु भएको छ ।  

हिजो राति एक जना मृतककी छोरीले राज्यले हेरचाह केन्द्रलाई बेवारिशे अवस्थामा छोडेको बताएकी थिइन् । ६४ वर्षकी छोरी रोहना वाइटकी ८६ वर्षीया आमा पेग्गी ग्रेङगरले आफ्नो परिवारले पठाएको अन्तिमपत्र पढेकी थिइन, किनकी त्यहाँ रहेका वद्धवृद्धालाई बाहिर जान दिइएको थिएन ।

पेग्गीका अनुुसार त्यहाँको अवस्था आपराधिक जस्तो छ । यहाँका घरहरुमा मानिसहरुलाई मर्नका लागि छोडिएको छ र यहाँ कसैले पनि हेरचाहमा ध्यान दिइरहेका छैनन् । 

पिटरबरोको फिलिया केयर होमका ८५ प्रतिशत हेरचाहकर्ता या त बिरामी छन् या त संक्रमितसँग सम्पर्कमा आएपछि सेल्फ आइसोलेसनमा रहेका छन् । 

यो हेरचाह केन्द्रमा महिनाको सुुरुवतामा १८ जना मानिसहरु थिए । तर अप्रील महिनाको ३ गतेदेखि दश दिनको अवधिमा छ जनाको मृत्युु भइसकेको छ । तीनजना कोरोना संक्रमणबाट मुुक्त भइसके पनि बाँकी रहेका १२ जनामा पनि कोरोनाबाट संक्रमण देखिएको दाबी गरिएको छ । 

त्यहाँ कार्यरत कर्मचारीहरु स्वस्थ रहन प्रयासरत छन्, तर धेरैजसो पर्सनल प्रोटेक्टीभ इक्युुपमेन्ट (पिपिइ)का लागि संर्घष गरिरहेका छन् । एकपटक त उनीहरुले प्लास्टिकबाट आफैले भिजर्स बनाएका थिए । 

हिजो यो केन्द्रका मालिकहरुले अपर्याप्त आर्थिक सहयोग र यहाँका बासिन्दाको नाटकीय मृत्युुका कारण बन्द हुुने अवस्थामा पुुगेको बताएका थिए । म्यानेजिङ डाइरेक्टर हेइडी सेलडनले केन्द्र चलाउन वास्तवमै गाह्रो पर्ने बताएका छन् । 

यहाँ अप्रिल ३ मा पहिलो मृत्युु भएको थियो । 

मृतकका आफन्त र सन्तानहरुले केयर होमको लापरवाहीले गर्दा त्यहाँका बासिन्दाहरुले ज्यान गुुमाउनुु परिरहेको आरोप लगाएका छन् । 

उनीहरुले मृत्युु हुुनेको संख्या धेरै पनि हुुनसक्ने आँकलन गरेका छन् । 

कोरोना संक्रमणले मृत्युु हुुनेको संख्या बढेपछि केयर होमले तीन साताका लागि नयाँ भर्ना लिन रोक लगाएको छ । पहिलो संक्रमित देखिएपछि १०० जना स्टाफहरु सेल्फ आइसोलेसनमा बसेका छन् । काम गरिरहेकाहरुको पनि दैनिक रुपमा तापमान जाँच गरिन्छ । गत वर्षको यही अविधमा यहाँ जम्मा ५ जनाको मृत्युु भएको थियो ।