काठमाण्डौ । दसैँ सकिएसँगै आइतबारबाट निजी तथा सरकारी कार्यालयहरु खुलेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले पनि पूर्ण रुपमा सेवा दिन सुुरु गरेका छन्।
हिजो आइतबारमात्रै नेपाल राष्ट्र बैंकबाट विभिन्न बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत ४६ अर्ब रुपैयाँभन्दा बढीको सापटी लिएका छन्। केन्द्रीय बैंकबाट दसैँपछिको पहिलो दिन आइतबारमात्रै बैंक तथा वित्तीय संस्थाहरुले ४६ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएका हुन्।
बैंकहरुले दसैँअघि असोज १४ गतेसम्म कुल १९ खर्ब ७६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जानकारी दिएको छ। विभागका अनुुसार १ हजार १५९ कारोबारबाट बैंकहरुले साउन १ देखि असोजसम्म १४ गते उक्त रकमबराबरको अल्पकालीन सापटी लिएका हुन्।
असोज १४ गते बैंकहरुले ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए। बैंकिङ प्रणालीमा तरलताको अभाव हुुँदै गएमा बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन्। जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ।
साउन महिनामा ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएकोमा भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका थिए। असोज महिना सुुरु भएयता आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ६९ अर्ब ७५ करोड ९९ लाख रुपैयाँबराबरको अल्पकालीन सापटी राष्ट्र बैंकबाट लिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago