काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले शुक्रबारदेखि दाङ जिल्लाको राप्ती गाँउपालिका ४, मौरीघाटमा नयाँ शाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक उद्घाटन गरेको छ । 

राप्ती गाँउपालिका वडा नं. ४ भित्र पहिलो बैंकको रुपमा ज्योतिविकास बैंकको यस शाखाले आफ्नो कारोवार थालेको हो ।

सो शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुखअतिथि राप्ती गाँउपालिका प्रमुख  नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे । योसहित दाङ जिल्लामा यस बैंकको ४ बटा शाखा कार्यालय भएका छन् । 

आफ्नो सेवाक्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा बिस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापति एंव बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले जानकारी दिए ।

२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमाआएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एबिबिएस, आश्वालगायतका सम्पूूर्ण आधुनिक बैकिङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउनेछ ।