काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ जिल्लाको घोराही र बर्दिया जिल्लाको गुलरीयामा दुई शाखा कार्यालय विस्तार गरेको छ ।

घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका बैंकले जनाएको छ । 

शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुखअतिथि चौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल होस् भनी शुभकामना दिए ।

गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुखअतिथि यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधी, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।