काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ ।
प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो ।
सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् । तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।
साथै विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई रु ४ अर्ब ११ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड एक मात्र बैंक रहेको छ ।
नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०७ वटा एटिएम पुगेको छ । बैंकको सञ्जालमा भिसा तथा एनपिएन सदस्य बैंकका १,००० बढी एटिएम रहेका छन भने ३ हजार बढी पस(पीओएस) टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्र छन् ।
यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल-२०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago