काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले दार्चुलामा समेत शाखा खोलेको छ । 

महाकाली नगरपालिका वडानम्बर ४ खलंगास्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगरप्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट २०७६ साउन ९ गते समुद्घाटन भएको हो । 

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्करसिंह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागीता रहेको थियो । हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका बैंकले जनाएको छ ।