काठमाण्डौ । विश्वका अर्बपतिको सूचीमा सामेल तथा दिग्गज लगानीकर्ता वारेन बफेटले तीव्रगतिम विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई चेतावनी दिएका छन्। उनले एआईको तुलना ‘एटम बम’सँग गरेका छन्। 

हालै एक कार्यक्रममा बफेटले ओपन एआई र च्याटजीपीटीजस्ता एआईको अद्भुत र व्यापक क्षमता प्रदर्शनलाई चितावनी दिएका हुन्। ‘एआईको क्षमता डरलाग्दो छ’, उनले भने, ‘जब कुनै चिजले हरेक किसिमका कुरा पत्ता लगाउन सक्छ भने यो चिन्ताको विषय हो। किनकि मलाई थाहा हामीले आफूले आविष्कारलाई फिर्ता गर्न सक्दैनौँ।’

द्विती विश्व युद्धमा एटम बकमको अविष्कार राम्रो कारणका लागि गरिएको उल्लेख गर्दै बफेटले भनेका छन्, ‘त्यो त्यतिबेला आवश्यक थियो। तर, यो विश्वका लागि आउँदो २०० वर्षका लागि राम्रो साबित हुनेछ ?’

एनआईको विकासको विरुद्धमा बोल्ने वारेन बफेटमात्र एक्लो व्यक्ति भने होइन। एनल मस्कसहित विश्वका १०० टेक विशेषज्ञले एउटा पत्र लेखेर एआईको विकासलाई रोक्न अपिल गरिसकेका छन्। 

एनआईका गडफादर जेफ्री हिन्टनले एनआईको आलोचना गर्दै गुगलबाट राजीनामा दिएका थिए। राजीनामा दिने क्रममा उनले भनेका थिए, ‘एआईको विकासका लागि मैले गरेको कामप्रति मलाई पछुतो लागिरहेको छ।’ –एजेन्सी