काठमाण्डौ । विश्वमा विभिन्न अवसर पारेर कम्पनीले आफ्ना कर्मचारीलाई प्रोत्साहन स्वरुप बोनस सेयर, लाभांश, कार, सुनको सिक्का दिने चलन छ ।

झ कतिपयले त विशेष कार्यक्रम नै आयोजना गरेर कर्मचारीलाई मिठाई, लत्ताकपडा र गहना पनि बाँड्ने गर्छन् ।हुन त यो नौलो चलन पनि होइन ।

अझ भारतमा चाहिं विभिन्न कम्पनीहरुले असत्यमाथि सत्यको बिजय, अज्ञानतामाथि ज्ञान र आध्यात्मीक जीतको उपलक्ष्यमा मनाईने दिपावलीलाई लक्षित गर्दै  आफ्ना कर्मचारीलाई उपहार प्रदान गर्ने गर्छन् ।यसरी उपहार दिंदा कर्मचारीको उत्साह मात्र होइन पर्व नै विशेष बन्ने गरेको छ ।

यसैक्रममा दिपवालीको अवसर पारेर भारतको हरियाणास्थित एउटा फर्मास्यूटिकल्स कम्पनीका मालिकले आफना कर्मचारीलाई कार उपहार दिने घोषणा गरेका छन् । 

उनी हुन्- मीट्स कार्ट फर्मास्यूटिकल्स कम्पनीका अध्यक्ष एम के भाटिया  । उनले आफ्नो कम्पनीमा कार्यरत १२ जना कर्मचारी र एक जना हेल्परलाई टाटा पञ्च कार उपहार दिएका छन् । उनले भनेका छन्, ‘कर्मचारीको काम गर्ने तौरतरिका र मिहिनेतबाट खुसी भएर उपहार दिएको हो, यसको अरु कारण छैन ।’

उनले केहि वर्षअघि मात्र फर्मास्यूटिकल्स कम्पनीको शुरुवात गरेका हुन् ।ती कर्मचारीहरु पनि स्थापनाकालदेखि नै कार्यरत छन् । आजको स्थानमा कम्पनी आइपुग्नुमा कर्मचारीको पनि उत्तिकै त्याग, मिहिनेत, लगनशिलता र परिश्रम रहेको उल्लेख गर्दै उनले भने, ‘यो यात्राको क्रममा कम्पनीमा कयौंपटक उतारचढाव देखियो तर पनि कर्मचारी जहिल्यैपनि कम्पनीको साथमा रहे। फलस्वरुप कम्पनी आज बलियो अवस्थामा छ ।’
अबको केहि दिनपछि नै दिपाली शुरु हुँदैछ । उनले भने, यहाँ कार्यरत सबै कर्मचारी कम्पनीप्रति निष्ठावान र सकारात्मक छन् र कारोबार बृद्धिका लागि गम्भिर पनि छन्, दिपावलीलाई विशेष बनाउने उद्धेष्यले उपहार दिएको हो ।’

कर्मचारीलाई कार उपहार दिएपछि सामाजिक सञ्जालमा उनी यतिखेर एकदमै भाइरल छन् । उनले आफू भाइरल हुने उद्धेष्यले कार उपहार नदिएको पनि बताएका छन् ।

त्यसो त तामिलनाडूकै चियापत्ति बिक्री गर्ने एउटा कम्पनीका मालिक पी शिवकुमारले आफ्ना १५ जना कर्मचारीलाई दिपावलीको मौका पारेर रोयल इनफिल्ड मोटरसाइकल उपहार दिएका छन् । अन्यले भने अरु उपहार पाएका छन् । उपहार भएपछि कर्मचारी पनि खुसीले गद्गद छन् ।- एजेन्सी

 

VIDEO | With only 10 days left until Diwali, companies have initiated the tradition of offering bonuses to their employees. Many firms are providing incentives, sweets, fireworks, and clothing to their staff to celebrate the festive season.

However, a tea estate in Kotagiri… pic.twitter.com/J8uPGmczn9

— Press Trust of India (@PTI_News) November 2, 2023