काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन खुकुलो पार्दै सबै बजार खोल्ने घोषणा गरेका छन् ।
तर, उनले योसँगै स्पष्ट पारेका छन् कि बजार खोल्दा जोरविजोर प्रणाली लागू गरिनेछ । अर्थात आधा दोकान एकदिन खुल्नेछन् भने आधा अर्को दिन ।
उनले अत्यावश्यक सामानको पसल भने प्रत्येक दिन खुल्ने समेत प्रष्ट पारेका छन् ।
तर, सपिङ मलहरु खुल्ने छैनन् । रेष्टुरेन्ट पनि पूर्ण रुपमा खोलिने छैन । रेष्टुरेन्टमा बसेर मानिसहरुले खाना खान पाउने छैनन्, तर खाना प्याक गरेर लैजान भने सक्नेछन् ।
केजरीवालले दिल्लीमा सार्वजनिक यातायात समेत खोल्ने घोषणा गरेका छन् । दिल्लीमा अब अटोरिक्सा, ईरिक्सा, रिक्सा र बस समेत चल्नेछन् । तर, सबै खालका रिक्सा वा ट्याक्सीमा एकजना मात्र राख्न पाइनेछ ।
यस्तै, बसमा एकपटकमा २० जना भन्दा बढीले यात्रा गर्न पाउने छैनन् ।
केजरीवालका अनुसार थर्मल गनले ज्वरो नापेर मात्र यात्रुहरुलाई बसमा यात्रा गर्न दिइनेछ ।
यस्तै, बस स्टपहरुमा पर्याप्त सामाजिक दूरीको नियम समेत लागू हुनेछ ।
अटो रिक्सा तथा इरिक्सा चलाउनेहरुले एक यात्रुलाई गन्तव्यमा पुर्याइसकेपछि अर्को यात्रु चढाउनुअघि आफ्नो सवारी साधनलाई डिसइन्फेक्सन गराउनुपर्नेछ ।
यस्तै, निजी सवारी समेत खुल्ला गर्ने निर्णय भएको छ । मानिसहरुले आप्mनो निजी सवारीमा जहाँसुकै आउजाउ गर्न सक्नेछन् । तर, मोटरसाइकलमा भने कसैले पनि आफ्नो पछाडि मान्छे चढाउन पाउने छैन ।
यी सबै सहुलियत बिहान ७ बजेदेखि साँझ ७ बजेसम्मका लागि मात्र लागू हुने बताइएको छ ।
साँझ ७ बजेपछि भने जरुरी सेवामा रहेका मानिसहरु मात्र आवतजावत गर्न सक्नेछन् भने अत्यावश्यक सामानका पसल मात्र खोल्न पाइनेछ ।
केजरीवालले स्पोर्टस कम्प्लेक्स तथा स्टेडियम समेत खोल्ने घोषणा गरेका छन् । तर, ती क्षेत्रमा दर्शकहरुलाई भने प्रवेश निषेध गरिनेछ ।
यस्तै, दिल्लीका सबै सरकारी तथा निजी कार्यालयहरु समेत अब खुल्नेछन् । तर, केजरीवालले सकेसम्म निजी क्षेत्रका कार्यालयहरुले आफ्ना कर्मचारीलाई घरैबाट काम गर्नसक्ने वातावरण बनाउन भनेका छन् ।
लकडाउनको व्यवस्था मे ३१ सम्म जारी रहने केजरीवालको प्रष्टोक्ति छ । यस क्रममा रेल, कोचिङ ट्रेनिङ इन्स्टिच्यूट, होटल, सिनेमा हल, मल, जिमखाना, स्वीमिङ पुल, सलुन, बार, थिएटर, अडिटोरियम, असेम्ब्ली हल, स्कूल तथा शिक्षण संस्था भने बन्दै रहनेछन् ।
साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सर्वसाधारण समेत घरबाट बाहिर निस्किन पाउने छैनन् ।
दिल्लीमा हालसम्म कोरोना संक्रमितको संख्या १० हजार नाघिसकेको छ । जसमध्ये १६० को ज्यान गइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago