काठमाण्डौ । पछिल्लो २ दिनमा बैंकिङ प्रणालीबाट ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ११ अर्ब रुपैयाँ थियो। बुधबारसम्म कुल निक्षेप घटेर ५१ अर्ब ४ अर्ब रुपैयाँमा झरेको छ। यो हिसाबले बैंकिङ प्रणालीमा यो २ दिनको अवधिमा ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
यो २ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ९ अर्ब रुपैयाँ घटेर ४५ खर्ब ६ अर्ब रुपैयाँमा झरेको छ। गत सोमबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १५ अर्ब रुपैयाँ थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीयहरुको कर्जा लगानी पनि लगातार घटिरहेको छ। गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ९० अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म घटेर ४६ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ।
वाणिज्य बैंकहरुको पनि कर्जा लगानी दुई दिनमा ९ अर्ब रुपैयाँले घटेर बुधबारसम्म ४१ खर्ब ५२ अर्ब रुपैयाँमा झरेको छ। गत सोमबारसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो।
निक्षेप र कर्जा लगानी दुवै घटे पनि बैंकहरुको औसत सीडी रेसियो भने बुधबारसम्म घटेर ८६.८९ प्रतिशतमा झरेको छ। गत सोमबारसम्म सीडी रेसियो ८६.९८ प्रतिशत थियो।
बुधबासम्म अन्तरबैंक ब्याजदर ७ प्रतिशत रहेको छ। गत सोमबार पनि अन्तरबैंक ब्याजदर ७ प्रतिशत नै थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago