काठमाण्डौ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक अधिकांश वित्तीय सूचकमा नम्बर वान बैंक बनेको बताएका छन्।
बैंक अफ काठमाण्डूसँगको मर्जर प्रक्रिया पूरा गरी आज आयोजना गरिएको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा अध्यक्ष ढकालले आजको मर्जरपछि बैंक झनै माथि उक्लिएको बताए। ‘राष्ट्र बैंकको नीतिमा हामी लिडर संस्था बन्यौँ’, उनले भने, ‘दुई प्लस दुई बराबर चार होइन पाँचको लक्ष्यले मर्जरमा गएका हौँ।’
अध्यक्ष ढकालले आफूहरुको मर्जरले अरुलाई पनि मर्जरमा जान उत्साहित गरेको उल्लेख गरे। ‘आकार र अंकमा ठूलो हुनुमात्र सफलता होइन’, उनले भने, ‘अर्थतन्त्रमा सकारात्मक र गुणात्मक परिणाम ल्याउनुपर्छ। वित्तीय क्षेत्रमा पनि गुणात्मक परिवर्तन हुनुपर्छ।’
अध्यक्ष ढकालले मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब, निक्षेप ४.१० खर्ब, कर्जा ४ खर्ब र ४० लाख ग्राहक संख्या पुगेको बताए। ‘कुल कर्मचारी संख्या ४ हजार बढी पुगेको छ’, उनले भने।
यो मर्जरपछि ठूलो बैंकको परिकल्पना साकार भएको ढकालले बताए। ‘अब हामी व्यवस्थापनमा अब्बल हुनेछौँ’, उनले भने, ‘नयाँ इतिहास निर्माण गर्न सफल भएका छौँ। इमानदारितामा लगाव र मेहनत मिसाउँदा यो सफलता हात परेको हो।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19