काठमाण्डौ । म्युचुअल फण्डमा लगानीका लागि सर्वसाधारण आकर्षित भइरहेको बेला संचालनमा रहेका २ कम्पनीले लगानीकर्तालाई नगद लाभांश दिने घोषणा गरेका छन् । 

एनएमबी क्यापिटल लिमीटेड प्रवद्र्धक रहेको 'एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १' ले समेत आफ्ना इकाईधनीहरुलाई २० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

कम्पनीको आइतबार सम्पन्न ५७ औं बोर्ड बैठकले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको नेप्सेले जानकारी गराएको हो । 

७५ करोड रुपैंयाको यो कोषले लगानीकर्तामा ७ करोड ५० लाख इकाईहरु बिक्री गरेको छ । १० रुपैंया अकिंत मूल्य रहेको योजनाका इकाईको हालको बजार मूल्य १६ रुपैंया २६ पैसा रहेको छ । फण्डले गत साउन मसान्तमा ७४ कम्पनीको शेयरमा लगानी गरेको थियो ।

२०७१ साल भदौ पहिलो साताबाट पहिलो योजना सञ्चालनमा ल्याएको क्यापिटलले केही दिनअघि मात्र दोस्रो योजना सञ्चालनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । एनएमबि हाईब्रिड फण्ड एल एक नाम दिएको बन्दमुखि सात बर्षे यस योजनाका आठ करोड इकाई भदौ २६ गतेदेखि सर्वसाधारणलाई बिक्री गरिनेछ ।

यसैगरी, नवील इन्भेष्मटन्ेट बैकिङ लिमीटेडद्वारा प्रवद्र्धित 'नबील ब्यालेन्स फण्ड १' ले पनि इकाई धनीहरुलाई ३० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । फण्ड प्रवद्र्धकले आइतबार नेप्सेलाई जानकारी दिंदै इकाईधनीहरुलाई आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

नबिल इन्भेष्टमेण्टले दोस्रो योजनाका इकाईहरु पनि यहि अशोज २ गते देखि निष्काशन गर्दैछ ।