काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्ममा दुई निर्जीवन लघुबीमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले चार महिनामा डेढ करोड बीमा शुल्क गरेका हुन् । 

कात्तिक मसान्तसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ६१ लाख ३१ हजार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ६ लाख ५७ हजार रुपैयाँ प्रिमियम उठाएका छन् । प्राप्त तथ्यांकअनुसार निर्जीवन लघुबीमा कम्पनीको व्यवसायमा सुधार हुँदै गइरहेको छ । 

कात्तिक मसान्तसम्ममा नेपाल माइक्रो इन्स्योरेन्समा कुल जारी बीमालेख संख्या ३ हजार ४०५ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा २ हजार २४५ गरी कुल ५ हजार ६५० बीमालेख संख्या छ । 

कात्तिक महिनामा मात्रै दुई निर्जीवन लघुबीमा कम्पनीले ७५ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । जसमा नेपाल माइक्रोले ३० लाख ८५ हजार र प्रोटेक्टिभ माइक्रोले ४५ लाख १३ हजार रुपैयाँ प्रिमियम जम्मा गरेको छ ।