काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीेको सेयरमूल्य समायोजन गरिएको छ।

नेप्सेमा सिंगटी हाईड्रो इनर्जीको हकप्रद सेयरका लागि र मन्दाकिनी हाईड्रोपावरको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि संगटी हाईड्रो इनर्जीको सेयरमूल्य प्रतिकित्ता २०२.९० रुपैयाँ र मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्य ४०९.३६ रुपैयाँ कायम भएको छ ।  

यसअघिको अन्तिम कारोबार दिन सिंगटी हाईड्रो इनर्जीको सेयरमूल्य प्रतिकित्ता ३०५.८० र मन्दाकिनी हाईड्रोपावरको सेयरमूल्य प्रतिकित्ता ४२८.८० रुपैयाँ कायम थियो । 

सिंगटी हाईड्रो इनर्जीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर र मन्दाकिनी हाईड्रोपावरले ४.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेका छन् ।