काठमाण्डौ। प्रभु बैंक लिमिटेडले सञ्चित मुनाफा आर्थिक वर्ष २०७८/७९ सम्म ४ अर्ब ९८ करोड रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ।
बैंकको गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चित मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ८० करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।
यसैगरी जगेडा कोषको आकार आर्थिक वर्ष २०७८/७९ सम्म ७ अर्ब ९९ करोड रुपैयाँको हुने प्रक्षेपण गरिएको छ। जगेडामा गत आर्थिक वर्ष २०७६/७७ ५ अर्ब ११ करोड र २०७७/७८ मा ६ अर्ब ६६ करोड हुने प्रक्षेपण गरिएको छ।
बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष २०७६/७७ मा ५ अर्ब ७२ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ। त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७५ करोड रुपैयाँ र २०७८/७९ मा ७ अर्ब ९७ करोड रुपैयाँ हुने अनुमान गरिएको छ।
यसैगरी बैंकले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चालन मुनाफा ४ अर्ब ९९ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा ३ अबं ९५ करोड र चालु आर्थिक वर्षमा ४ अर्ब २० करोड रुपैयाँ सञ्चालन मुनाफा हुने बैंकको अनुमान छ।
आर्थिक वर्ष २०७८/७९ मा बैंकको मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ उचाइ पुग्ने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्षमा २ अर्ब ५३ करोड रुपैयाँ र चालु आर्थिक वर्षमा २ अर्ब ९३ करोड रुपैयाँ मुनाफा हुने बैंकको अनुमान छ।
आर्थिक वर्ष २०७८/७९ सम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.०८ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। यो प्रक्षेपणअनुसार बैंकको ईपीएस २०७६/७७ मा २४.६० रुपैयाँ र २०७७/७८ मा २८.४९ रहनेछ।
यसैगरी २०७८/७९ सम्म बैंकको प्रतिसेयर नेटवर्थ २२५.८१ रुपैयाँको हुने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्षसम्म प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ र चालु आर्थिक वर्षमा १९१.७२ रुपैयाँ हुने अनुमान गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago