-प्रकाश बञ्जारा
यूएई । गत आइतबार अचानक आएको फोनबाट आफूले २५ सय अमेरिकी डलर पुरस्कार जितेको खबर आउँदा सुरुमा त विश्वासै लागेन धनुषा घर भई संयुक्त अरब ईमिरेटस्को अवुधाबीमा काम गर्दै आएका गणेश कपारी केवतलाई । इण्डियन मूलको मान्छेले फोन गरेर चिठ्ठा परेको जानकारी गराउँदा केवतले विश्वास नगरेपछि एक्सचेञ्जका नेपाली कर्मचारीले नै उनलाई युएई एक्सचेञ्जले सञ्चालन गरेको भाग्यशाली चिठ्ठामा उनको नाम परेको जानकारी दिए, त्यसपछि भने जितेकै हो भन्ने विश्वास गर्न सके केवतले।
पन्ध्र वर्षदेखि युएईमा श्रम पोख्दै आएका केवत धनुषाको एक गरिब परिवारका हुन् । उनले युएईमा रहेको एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जले मुस्लिम धर्मावलम्बीहरुको आउँदै गरेको चाँड रमादान र ईदलाई लक्षित गरेर खुलाएको “धेरै जितौं ठूलो जितौं” कार्यक्रम अन्तर्गत २५ सय अमेरिकी डलर अर्थात नेपाली झण्डै २ लाख ५५ हजार रुपैयाँको पहिलो चिठ्ठा हात पारे ।
शुक्रबार एक कार्यक्रमबीच उनले जितेको रकम युएई एक्सचेञ्जले हस्तान्तरण गर्यो । यसपालिको चिठ्ठामा यति ठूलो धनराशिको भाग्यशाली पुरस्कार हात पार्ने कपारी पहिलो नेपाली हुन् ।
बिजशालासँगको कुराकानीमा केवतले गरिब मान्छेलाई भाग्यले चिठ्ठा पारिदिएको प्रतिक्रिया दिए । अबुधावीस्थित माफ्राक भन्ने ठाउँमा बस्ने कपारीले केही दिन पहिला मात्रै नेपाली १५ हजार रुपैयाँ आफ्नो परिवारलाई हिमाल रेमिटमार्फत पठाएका थिए । उनको त्यही कारोबार उनलाई लखपति बनाउन सहयोगी भयो र पाए झण्डै २ लाख ५५ हजार रुपैयाँ ।
आफूलाई पैसा पठाउनुअघि अफरको कार्यक्रम चलेको भन्ने समेत जानकारी नभएका केवत आफूले पाएको चिठ्ठाको रकम उनले पहिले जग्गा किन्दा लागेको ऋण तिर्न खर्च गर्ने बताउँछन् । “चार लाख रुपैयाँ ऋण छ युएई एक्सचेञ्जले धर्म गरेर दिएको पैसा त्यही ऋण तिर्न खर्च गर्छु” कपारी बिजशालासँग खुशी हुँदै भने ।
अवुधावी स्थित अर्को ईन्टरनेशनल नामक कम्पनीमा मर्मत सम्भार सहयोगी अर्थात लेवरको काम गर्ने यी अधबैशेको मासिक तलब जम्मा ८ सय दिराम अर्थात नेपाली लगभग २३ हजार रुपैयाँको हाराहारीमा हुन्छ । कम्पनीले खानाका लागि भनेर थप २ सय दिराम दिने गरेको छ । युएईका धेरै नेपालीलाई उनले चिठ्ठामा पाएको २५ सय डलर सानो लागे पनि कपारीका लागि भने निकै ठूलो हो । उनले आफ्नो कम्पनीले दिने तलवबाट चिठ्ठामा पाए जति पैसा कमाउन झण्डै ११ महिना काम गर्नुपर्छ ।
आयस्रोेत सानो तलब भए पनि हरेक महिनाको तलब आएपछि पैसा पठाउन कपारी नजिकै रहेको एक्सचेञ्जहाउस नै जाने गर्छन र पठाएको पैसा उनकी पत्नीले नजिकै रहेको बैंकबाट सोही दिन निकाल्छिन् ।
युएइमा कहलिएको एक्सचेञ्ज हाउसको रुपमा चिनिएको युएई एक्सचेञ्जले मे ३ तारिखदेखि जुन १६ तारिखसम्म आफूबाट पैसा पठाउने जोकोहीलाई भाग्यशाली चिठ्ठा मार्फत दैनिक २५ सय डलर, हरेक हप्ता ५ हजार डलर र मेगा प्राईजमा १ लाख डलर दिने एक्सचेञ्जका नेपाल तर्फका बजार प्रमुख सन्तोष प्रसाई बताउँछन् । एक्सचेञ्जले नेपाली ग्राहकलाई लाई लक्षित गरी १३५ जना नेपाली कर्मचारी राखेको छ भने युएईभरी १ सय ४८ शाखा मार्फत रेमिट्यान्स कारोबार गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19