Prabhu Bank
काठमाण्डौ । प्रभु बैंकले शुक्रबारदेखि तनहुँको दुलेगौडामा शाखा बिस्तार गरी आफ्नो सेवा बिस्तार गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेज्ले एक समारोहका बीच सो शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये पोखरा शाखा(साविक ग्राण्ड बैंक नेपाल लि.) कार्यालयलाई दुलेगौडामा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago