काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकसँग मर्जरको कुरा नमिलेपछि देव विकास बैंक आफैं पूँजी पुर्याउन तात्तिएको छ । यही क्रममा बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने निर्णय गरेको छ । 

बैंक संचालक समितिको बैठकले पूँजी वृद्धिका लागि ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो । हाल यो बैंकको चुक्तापूँजी ८१ करोड ८० लाख रुपैयाँ छ । हकप्रद जारी भएपछि पूँजी १ अर्ब २३ करोड ७० लाख पुग्नेछ । 

नेपाल राष्ट्रबैंकले २०७४ असार मसान्तसम्ममा राष्ट्रिय स्तरको विकास बैंकले चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने नीति लिएपछि मर्जर र एक्वीजिसनमा जान नसकेकाहरुले आफैं पूँजीवृद्धिको नीति अँगाल्ने गरेका छन् ।