काठमाण्डौ । देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त भएका छन् । 

बोहोरा विगत १५ वर्ष भन्दा बढी समयदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । देवः बिकास बैंकमा आबद्ध हुनुअघि उनी नारायणी नेशनल फाइनान्समा कार्यरत थिए ।

नारायणी नेशनल फाईनान्स सनराईज बैंकमा मर्ज भएपछि उनी खालि थिए । बैक व्यवस्थापनका अनुसार उनी २०७३ भाद्र २५ गते देखि कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो ।