काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले ११औं बर्ष पूरा गरी १२औं बर्षमा प्रवेश गरेको अवसरमा आइतबार काठमाण्डौको लालदरबारस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा ब्लड डोनर्स एशोसियशन नेपाल, काठमाडौं जिल्लाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरे ।

बैंकका कर्मचारीहरु लगायत स्थानीय स्वय्मसेवी रक्तदाताहरुको समेत उत्साहजनक सहभागिता रहेको यस्ता कार्यक्रम आगामी दिनमा शाखा कार्यालयहरुमा समेत संचालन गरिने बताइएको छ ।

बैंकले ११ वर्षको सफल यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । आ.व. २०७३/७४ मा बैंकले रु.१० अर्ब ४१ करोड निक्षेप संकलन तथा रु.९ अर्ब ५८ करोड कर्जा लगानी गरी रु. ४५ करोड ३९ लाख अपरिष्कृत संचालन मुनाफा आर्जन गर्न र निष्क्रिय कर्जाको अनुपात १.२४ प्रतिशत कायम राख्न सफल भएको प्रबन्धक नवीनमुनि बज्राचार्यले जानकारी दिए ।