काठमाण्डौ । देवः विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति हासिल गरेको छ । यो विकास बैंकले खूद नाफातर्फ फड्को मागर्दै २८ करोड ९४ लाख कमाएको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १३ करोड ६५ लाखमा सीमित थियो । 

व्यवसाय बिस्तारमा आक्रामक नीति लिएको बैंक व्यवस्थापन खूद ब्याज आम्दानीमा दोब्बर बढीको प्रगति हासिल गर्न समेत सफल देखिएको छ । यहीकारण अघिल्लो वर्ष ३४ करोड २७ लाख रहेको यस्तो आम्दानी यो वर्ष बढेर ५५ करोड ४८ लाखको उचाईमा पुुगेको छ । 

बैंकले संचालन मुनाफामा समेत निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्ष १७ करोड १९ लाख रहेको संचालन मुनाफा यो वर्ष वृद्धि भई ४१ करोड ८५ लाखको  उचाईमा पुुगेको छ । 

बैंकले यो अवधिमा १० अर्ब ४१ करोड निक्षेप संकलन गरी ९५ करोड ७६लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ७४ करोड ७८ लाख निक्षेप संकलन गरी ६० करोड ९५ लाख कर्जा परिचालन गरेको छ । 

देवः विकास बैंकको रिजर्ब कोष पनि झण्डै दोब्बरले बढेको छ । अघिल्लो वर्ष २५ करोड ८९ लाख रुपैयाँ रहेकोमा यो कोषमा यो वर्ष ४७ करोड ६४ लाख जम्मा भएको छ । 

देवः विकास बैंकले आर्थिक २०७३/७४ मा खराब कर्जा असूलीमा निकै ठूलो सफलता हात पारेको छ । यहीकारण अघिल्लो वर्ष ३.९९ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा यो वर्ष १.२४ प्रतिशतमा घटाउन बैंक सफल बनेको छ । अन्य बैंक तथा बित्तीय संस्था झै यो बैंकको लागत खर्च पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ३.७५ प्रतिशत रहेको लागत खर्च बढेर यो वर्ष ७.८९ प्रतिशत पुुगेको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.९७ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य  ८९२.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.९३ गुणा कायम भएको छ ।