काठमाण्डौ । देवः विकास बैक लिमिटेडले चिपमा आधारित भिसा डेबिट/एटिएम कार्ड प्रयोग गर्दा लाग्ने कारोवार शुल्क मिनाहा गरेको छ । 

यो व्यवस्था आगामी असोज १ गतेदेखि लागूू हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो । 

ग्राहकहरुलाई सजिलो, सुरक्षित, विश्वसनीय एवं भरपर्दो कारोबारका लागि चिपमा आधारित भिसा डेविट÷एटिएम कार्ड प्रयोग गर्दा यो बैंकले हालसम्म प्रति कारोबार ३० रुपैयाँ शुल्क लिंदै आएको थियो । असोज १ गतेदेखि यस्तो कारोबार सेवा पूर्ण निःशुल्क हुने भएको हो । 

बैंकले जारी गरेको भिसा डेविट/एटिएम कार्ड नेपालमा७९२भन्दा बढी एटिएम सञ्जाल र भारतमा रहेका भिसाको सञ्जालमा प्रयोग गर्न सकिन्छ । 

यसका साथै बैंकले विद्यमान स्मार्ट च्वाइस टेक्नोलोजिज्को सहकार्यमा प्रयोगमा रहेको एससिटी डेविट/एटिएम कार्डको सेवालाई समेत निरन्तरता दिएको छ ।